Madhes Khabar
समाचार

पर्साकाे इटियाहीबाट १४५ केजी गाँजासहित कार सशस्त्र प्रहरीले नियन्त्रणमा लियाे

वीरगन्ज,७असाेज:पर्साकाे इटियाही गाँउबाट सशस्त्र प्रहरीले लागू ओैषध गाँजासहित एउटा कार नियन्त्रणमा लिएकाे छ।

विन्दवासिनी गाउँपालिका–३ इटियाही गाउँबाट बा १५ च ७९५६ नम्बरको कार र १४५ केजी गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

आइइतबार राति सशस्त्र प्रहरीको टाेलीले सडकमा सवारी चेकजाँच गर्ने क्रममा कार चालकसहित २ जना व्यक्ति गाडी छाडेर भागेका थिए । उक्त कारलाई चेकजाँच गर्दा गाडीको सिटमुनि तथा डिकीभित्र लुकाइ छिपाइ राखेको १५ वटा पोकामा रहेको १ सय ४५ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

गाँजासहित कार नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियाको जिम्मा लगाइएको र हालसम्म कार दाबी गर्न कोही पनि नआएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।

Related posts

मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु

MadhesKhabar

महिलाहरूलाई उद्यमी बनाउने सानो पाइलाको प्रयास सराहनीय छ : कानुनमन्त्री चौरसिया

MadhesKhabar

राष्ट्रपतिद्वारा नागरीकता विधेयक फिर्ताको विरुद्धमा बारामा लोसपाको प्रदर्शन

MadhesKhabar

Leave a Comment