Madhes Khabar
समाचार

बाघको आक्रमणबाट पर्सामा एक बृद्धको मृत्यु

वीरगन्ज,८भदौंःपर्सामा बाघको आक्रमणबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर ५ शंकरसरैयाका ६० वर्षिय तुल्सी राउत थारु रहेका छन् ।

शु्क्रबार साँझ घाँस काट्न गाँउ नजिकैको जंगलमा गएका थारु राति अबेरसम्मपनि घर नफर्किएपछि छिमेकीहरुले शनिबार बिहान जंगलमा गएर खाोजबिन गर्दा सुगीभार नजिकै थारुको शव क्षतविक्षत अवस्थामा फेला परेको हो ।थारुको शव दाँया खुट्टा र बायाँ हात बाघले खाएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पटटेर्वा सुगाौलीका प्रहरी निरीक्षक मोहनजंग बुढा थापाले जानकारी दिए।

थारुको शव पोष्टमार्टमका लागि शनिबार बिहान वीरगन्जको नारायणी अस्पतालमा पठाइएको प्रहरी निरीक्षक थापाले बतााए ।

Related posts

वीरगञ्ज महानगर–२८ मा रास्वपा उम्मेदवार कानुको घरदैलो, ५८ जना पार्टी प्रवेश

MadhesKhabar

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल पर्साको सभापतिमा कुर्मी निर्विरोध चयन

MadhesKhabar

सन्दीप लामिछानेले असोज २० गते नेपाल फर्किएर आत्मसमर्पण गर्ने

MadhesKhabar

Leave a Comment