Madhes Khabar
समाचार

बाराका उप्रेती , वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त

मधेसखबर

वीरगन्ज,०६ भदौ: वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा  बारा जिल्ला निवासी डाक्टर द्वारिका उप्रेती नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यसअघि बोर्डको कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ थिए । उनको कार्यकाल सकिएपछि उप्रेतीलाई नियुक्त गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरेको थियो । मन्त्रालयले उप्रेतीसँगै निर्मलकुमार उप्रेती र युवराज बस्नेत सिफारिस गरेको थियो ।

कार्यकारी निर्देशकका लागि आवेदन दिएकामध्ये ६ जनाको दरखास्त स्वीकृत भएको थियो । आवेदन दिएकामध्ये तोकिएको योग्यता पुगेका उम्मेदवार छनोटमा परेका थिए ।

Related posts

वीरगन्जमा जसपाको तेश्रो जित ,वडा नम्बर ३० मा मनोज यादव विजयी

MadhesKhabar

चरेस र गाँजा लिएर भारत जाँदै गरेका नेपाली महिला र भारतीय पुरुष वीरगन्ज नाकाबाट पक्राउ

MadhesKhabar

१४७० पिस नाइट्राभेट ट्याब्लेटसहित रक्सौलका युवक वीरगन्जमा पक्राउ

MadhesKhabar

Leave a Comment