Madhes Khabar
समाचार

अरिंगालकाे टाेकाइबाट आमा-छाेरीकाे मृत्यु

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज ,०१ कार्तिक: सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए । स्थानीय नवीन बस्नेतको श्रीनगरमा उपचार भइरहेको छ ।

सोमबार बेलुका धान काटेर घर फर्कनेक्रममा उनीहरुलाई अरिंगालले टोकेको थियो । अरिंगालले टोकेपछि तीनै जनाको सल्यानकै श्रीनगरस्थित एक अस्पतालमा सामान्य उपचारपछि आमा–छोरीलाई बाँकेको कोहलपुर रिफर गरिएको थियो ।

कोहलपुर लैजाँदै गर्दा छोरीको बाटोमै मृत्यु भएको र उनकी आमाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी खनालले बताए । साभार:अनलाइनखबर

Related posts

करेन्ट लागेर ससुरा बुहारी सहित ३ जनाको मृत्यु

MadhesKhabar

पर्साको बञ्जारीबाट चरेससहित एक भारतीय युवक पक्राउ

MadhesKhabar

वीरगन्जको लजमा बालिकालाई ३ दिनसम्म राखेर बलात्कार गरी फरार दुई जना ३ महिनापछि पक्राउ

MadhesKhabar

Leave a Comment