Madhes Khabar
समाचार हेडलाइन

वीरगन्जको लजमा बालिकालाई ३ दिनसम्म राखेर बलात्कार गरी फरार दुई जना ३ महिनापछि पक्राउ

वीरगन्ज,२०साउनः वीरगन्जको लजमा तीन दिनसम्म राखेर बालिकालाई बलात्कार गरी फरार भएका दुई जना अभियुक्तलाई प्रहरीले ३ महिनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका– २ सिसियाडी घर भई हाल वीरगन्ज– १३ राधेमाईमा रहेको नेक मोटरसाईकल वर्कशपका सञ्चालक ४० वर्षीय नेक महमद र त्यहि वर्कशपमा काम गर्ने रौतहट घर भएका २१ वर्षीय अफताब अन्सारी रहेका छन् ।

प्रहरीका अनुसार, गत बैशाख २० गते बरैनिया घर भएकी १७ वर्षीया बालिकालाई आफ्नै बाख्रा खोरमा बाख्रा बाँधेर घर फर्कने क्रममा बाटोमा नेक र अफताबले घेरा हालेर जबरजस्ति नियन्त्रणमा लिएका थिए । त्यसपछि बालिकाको मुखमा कपडा कोचेर तथा आँखामा काालो पट्टी बाँधेर वीरगन्जको नयाँ बसपार्कस्थित गणेश होटल एण्ड लजको कोठा लगेर राखेका थिए । लजको कोठामा तीन दिन सम्म राखेर नेक र अफताबले पालै पालो जरबजस्ती करणी गरेपछि बैशाख २३ गते बिहान ८ बजेतिर वीरगन्ज–१० स्थित घडिअर्वा पोखरी पार्कको गल्लीमा ती बालिकालाई छाडेर उनिहरु फरार भएको पिडित बालिकाले प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीमा उल्लेख रहेको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

पिडित बालिकाले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले खोजतलासका क्रममा आरोपित नेक र अफताबलाई घटना भएको भनिएको तीन महिनापछि अर्थात मंगलबार दिउँसो वीरगन्ज–१५ प्रतिमा चोकबाट नियन्त्रणमा लिएको लम्सालले बताए ।

पक्राउ परेका नेक र अफताबलाई जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा राखेर उनिहरुविरुद्ध अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अन्तर्गतको कसूरमा मुद्धा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए ।

 

Related posts

पर्साको ओरिया खोलामा भइरहेको अवैध उत्खनन् रोक्न गाँउलेको माग

MadhesKhabar

पर्साको कालिकामाईकाे विद्यालयमा अचानक २५ भन्दा बढी विद्यार्थीहरु बेहाेश

MadhesKhabar

जिल्ला प्रशासन कार्यालय पर्साद्वारा हातहतियार बुझाउन आग्रह

MadhesKhabar

Leave a Comment