Madhes Khabar
राजनीति हेडलाइन

मधेसकी २५ वर्षीया चेली रुबी ठाकुर बनिन् उपसभामुख

काठमाडौं,२७चैत: प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।

शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी उपसभामुखमा निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराए ।

रुबीकुमारीलाई उनको दल श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन थियो ।

राप्रपाले भने एकल प्रतिस्पर्धा गरेको हो । नेकपा एमालेले भने यो निर्वाचनमा भाग लिएन ।

शुक्रबार सदनमा २५६ सांसद उपस्थित थिए । यीमध्ये रुबीकुमारीलाई उपसभामुख बनाउने पक्षमा २२९ जनाले मतदान गरे । उनको विपक्षमा ५ जनाले मतदान गरे भने २२ जना तटस्थ बसे । राप्रपाकी सरस्वतीको पक्षमा जम्मा ५ मत खस्यो । उनलाई भोट नहाली ३७ जना भने तटस्थ बसे ।

Related posts

गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

MadhesKhabar

२५ वटा काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी छ : गृहमन्त्री लामिछाने

MadhesKhabar

मेरो जितको आधार स्वस्फूर्त लागेका मतदाता हुन् : स्वतन्त्र उम्मेद्वार रुपेशमान

MadhesKhabar

Leave a Comment