Madhes Khabar
शिक्षा हेडलाइन

गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

वीरगन्ज,३१जेठःतराई–मधेसमा केहिदिन यता गर्मी अत्याधिक बढेर जनजीवन नै अस्तव्यस्त बनेपछि वीरगन्ज महानगरपालिकाका विद्यालयहरुमा थप एक हप्ताको विदा दिइएको छ ।

वीरगन्ज महाननगरपालिकाले सामुदायिक तथा सार्वजनिक विद्यालयहरुमा असार १ देखि ६ गतेसम्मका लागि गर्मी विदा थप गरेको हो । यसअघि महानगरपालिकाले विद्यालयहरुमा जेठ २९ र ३० गते दुई दिनमात्रै गर्मी विदा दिएको थियो ।

तर गर्मी कम हुनुको सट्टा झन् बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले शनिबार एक सूचना जारी गर्दै विद्यालयहरुमा असार १ देखि ६ गतेसम्मका लागि गर्मी विदा थप गरेको हो ।

वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशखाका प्रमुख आनन्द लामिछानेले जारी गरेको सूचनामा लेखिएको छ–केहिदिन देखि बढेको अत्याधिक गर्मीका कारणबाट विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने अवस्था देखिएकाले असार १ गतेदेखि असार ६ गतेसम्म ६ दिन वर्षे विदा मिलान हुने गरी सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पठनपाठन स्थगीत गरिएको छ।’

गर्मी अत्याधिक बढेर विद्यार्थीहरु कक्षाकोठामै मुर्छित हुने अवस्था आएको भन्दै यहाँका अभिभावकहरुले विद्यालयहरुमा विदा दिनुपर्ने भन्दै सामाजिक सन्जाल मार्फत आवाज उठाउँदै आइरहेका थिए ।पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरुमा अहिले गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा केहिदिन यता तापक्रम बढेर अधिकतम ४१ डिग्रि सेल्सियससम्म पुग्ने गरेको छ ।

Related posts

पर्साकाे पटेर्वा सुगाैलीमा सञ्चालनमा आयाे जिल्लाकै पहिलाे आधारभुत अस्पताल,देउवाले गरे उद्घाटन 

MadhesKhabar

सरकारसंग जग्गा माग्दै वीरगन्जमा दलित सुकुम्बासीहरुको प्रदर्शन

MadhesKhabar

वन मन्त्रालयका काम कारवाहीलाई थप प्रभावकारी बनाउँछौँ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment