Madhes Khabar
राजनीति

मेरो जितको आधार स्वस्फूर्त लागेका मतदाता हुन् : स्वतन्त्र उम्मेद्वार रुपेशमान

मधेसखबर
वीरगन्ज,१७ कार्तिक : पर्सा क्षेत्र नम्वर २ (ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले आफ्नो जितको आधार मतदाताले देखाएको सद्भाव र मायाँ भएको बताएका छन् ।स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्न आह्वान गर्दै स्वस्फूर्त रुपमा मतदाताहरु नै घरदैलो गरिरहेका छन् ।

‘मतदाताहरु स्वस्फूर्त रुपमा मेरो पक्षमा टोलटोल र घरघर पुगेर मत मागिरहनु भएको छ, यसले मेरो मनोबल बढाइरहेको छ, यो नै मेरो जितको आधार हो,’ उनले भने ।यस अघि जितेर गएकाहरु फर्केर नआउने गरेको भन्दै अब दलीय उम्मेद्वारलाई नभई स्वतन्त्र उम्मेद्वार सिंहलाई विजयी बनाउने गरि आफूहरु घरघरमा पुगिरहेको भगवती टोलका उमेश साहले बताए ।

कुनै पनि पदमा नरहँदा पनि सिंह जनताकै सेवामा खटेकाले उनलाई जिताएर पठाए यस क्षेत्रको विकासका साथै दबिएका आबाज बुलन्द हुने विश्वास छ , वीरगन्ज २५ का स्थानीय नन्दलाल पटेल भन्छन् ।बिहीबार वीरगन्ज महानगरपालिका वडा नम्वर ३ को भगवती टोल, आदर्शटोल, छपकैयाँ लगायतका स्थानमा पुगेका उम्मेद्वार सिंहलाई घरघरमा स्थानीयले स्वागत गर्दै विजयी बनाउन मतदान गरेर साथ दिने प्रतिबद्धता जनाएका छन् ।

Related posts

जसपा एमाले गठबन्धन : पर्सा १ र २ जसपालाई , ३ र ४ एमालेलाई

MadhesKhabar

चुनाव घोषणा लगत्तै जसपाका दुई केन्द्रीय सदस्य एमालेमा प्रवेश

MadhesKhabar

मधेसमा ढल्यो जसपाको सरकार, मुख्यमन्त्री यादवले पाएनन् विश्वासकाे मत

MadhesKhabar

Leave a Comment