वीरगन्ज,१४असोजःपर्साको बञ्जारीबाट सशस्त्र प्रहरीले लागू औषध चरेससहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको बिहार राज्यको पश्चिम चम्पारण जिल्लाको बेतियाको कोईरीया टोलाका ३१ वर्षीय गुलाम मोहमद रहेका छन् ।
छिपहरमाई गाउँपालिका वडा नम्बर ४ बन्जारीस्थित भिस्वा–जानकी टोला सडकखण्डमा सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा बीआर २२ जे ३५५० नम्बरको भारतीय मोटरसाइकलमा सवार मोहमदलाइ ९ किलो ५२२ ग्राम चरेसहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीषक पुरनचन्द भट्टले जानकारी दिए।

