Madhes Khabar
समाचार हेडलाइन

बारामा २५ लाख बढीको चाँदीका मुर्ती र गहनासहित दुई युवक पक्राउ

वीरगन्ज,०९कार्तिकः बारामा प्रहरीले ठूलो परिमाणमा चाँदीका मुर्ती र अन्य तयारी गहनासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ६ प्रस्टोकाका ३३ वर्षिय सन्तोष साह सोनार र बाराकै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ गमरगावाका २७ वर्षिय सुरेश महतो रहेका छन् ।

उनिहरुको साथबाट २५ लाख रुपैयाँ मुल्य बराबरको चाँदीको मुर्ती र अन्य तयारी गहना गरी १४ किलोग्राम चाँदी बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार, पथलैयाबाट हेटौडाँ तर्फ दुई वटा छुट्टा छुट्टै मोटरसाइकलमा जाँदै गरेका उनिहरुलाई बाराको अमलेखगन्जमा ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट बरिष्ठ प्रहरी नायब निरीक्षक त्रिुभवन साह नेतृत्वमा खटिएको टोलीले शुक्रबार बिहान रोकेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा सोनार सवार ना ५२ प २५८४ नंबरको मोटरसाइकलको तेल ट्यांकभित्र फल्सबटम बनाएर राखिएको ९ किलो र महतो सवार ना ५५ प ३९३२ नंबरको मोटरसाइकलकोपनि ट्यांकी भित्रै फल्सबटम बनाएर राखिएको ५ किलोग्राम बराबरको कूल १४ किलोग्राम तौलको चाँदीका मुर्ती र अन्य तयारी गहना बरामद गरिएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए ।

बरामद उक्त चाँदीको बजार मूल्य २५ लाख ४ हजार ९५० रुपैयाँ रहेको उनले बताए । दुवै जनालाई ईलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।अनुसन्धान सकेपछि दुवै जनालाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइने जानकारीपनि उनले दिए ।

Related posts

घण्टाघरमा फोहोर गर्ने संस्थाले आफैं वीरगन्ज महानगरमा पुगेर तिरयो जरिवाना

MadhesKhabar

कांग्रेसका पूर्वमहामन्त्री निधीको जिवनीमा आधारित पुस्तक ‘नेपाल का निधी’ वीरगन्जमा लोकार्पण

MadhesKhabar

बारामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किदाँ एक जनाको मृत्यु

MadhesKhabar

Leave a Comment