Madhes Khabar
खेलकुद हेडलाइन

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

फाइल तस्बिर।

काठमाडौं,१३पुष : बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो।

गौशाला-२६ ले क्रिकेटर लामिछानेविरुद्ध गत भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। काठमाडौंको गौशालास्थित एक होटलमा लगेर बलात्कार गरेको भन्दै उनीविरुद्ध उजुरी दिएकी थिइन्। प्रहरीले लामिछानेलाई २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी मुद्दा अगाडि बढाएको थियो।

मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो। बाहिरबाट मुद्दा लड्न पाउने माग गर्दै लामिछाने जिल्ला अदालतको सो फैसलाविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

पछि उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। धरौटीमा रिहा भएपछि लामिछाने फेरि सर्वोच्च अदालत गएका थिए। धरौटी रकम धेरै लिएको र विदेश जान रोकेकाले त्यसको विरुद्धमा सर्वोच्च पुगेका थिए।

पछि सर्वोच्च अदालतले लामिछानेलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिएको थियो। त्यसपछि उनलाई अन्तर्राष्ट्रिय रुपमा क्रिकेट खेल्नका लागि विदेश जान सहज भएको थियो। सर्वोच्च अदालतले गत १५ फागुनमा मुद्दाको चाँडो फैसला गर्न आदेशसमेत दिएको थियो। साभार:अन्नपूर्ण पाेष्ट

Related posts

आउँदो चुनावबाट रास्वपाको एकल सरकार बन्छ , प्रधानमन्त्री पनि बन्छ : रवि लामिछाने

MadhesKhabar

बिन्दवासिनी मन्दिरको सौन्दर्यकरणको काम तत्काल सुरु गर्न वीरगन्जका मेयर सिंहको निर्देशन

MadhesKhabar

जनताका कामलाई प्राथमिकता दिन खानेपानी मन्त्री यादवको निर्देशन

MadhesKhabar

Leave a Comment