
वीरगन्ज,३ वैशाख : वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ कटगेनवाबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ परसवाका २० वर्षीय राहुल सिंह र बाराको जीतपुरसिमरा उमहानगरपालिका वडा नम्बर ७ खालका टोलबाट १९ वर्षीय नन्दन गुप्ता रहेका छन् ।
नेपाल प्रहरीले सञ्चालन गरेको लागु औषध सेवनकर्ता खोजी एंव सुधार अभियान अन्तर्गत वडा नम्बर ३१ मा सडकखण्डमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी.मिलनचोकबाट खटिएको संयुक्त प्रहरी टोलीले ना ३९ प २५३२ नम्बरको स्प्लेण्डर मोटरसाईकलमा सवार दुवैलाई शंका लागेर चकेजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उनिहरुको पाइन्टबाट ८ ग्राम ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर उनिहरु विरुद्ध लागु औषध नियन्त्रण ऐन सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

