Madhes Khabar
स्थानिय हेडलाइन

पर्सागढीले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर ल्यायाे ५६ करोड बढीको बजेट

पर्सा,६असार:पर्साकाे पर्सागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।शुक्रबार आयाेजित नगरसभाको १३ औं अधिवेशनमा उपमेयर पूजा चाैधरीले ५६ करोड ६ लाख २ हजार ४ सय ७९ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी हुन्।
जसमा संघीय सरकारको वित्तीय समानीकरण अनुदान ११ करोड ७६ लाख, संघीय सशर्त अनुदान २६ करोड ९० लाख, राजस्व बाँडफाँडतर्फ प्राप्त हुने १० करोड ६१ लाख १ हजार ८९९, प्रदेश वित्तीय समानीकरण अनुदान,८२ लाख ६ हजार,प्रदेश सशर्त अनुदान,९५ लाख,प्रदेश राजस्व बाँडफाँडबाट प्राप्त हुने. ८० लाख ८४ हजार ५८०,विशेष अनुदान, ३० लाख, समपुरकअनुदान २० लाख,आन्तरिक आय २ करोड ७१ लाख १० हजार रुपैयाँ रहेकाे छ।
कार्यक्रममा मेयर गोकर्ण पाठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र खेलकुदलाई प्राथमिकतामा राखिएको जानकारी दिए।उनले भने, “समृद्ध पर्सागढि निर्माणको यात्रामा हामीले जनतालाई प्रत्यक्ष लाभ हुने कार्यक्रमलाई अगाडि सारेका छौं। हाम्रो प्रयास शिक्षित, स्वस्थ, आत्मनिर्भर र प्रगतिशील पर्सागढी बनाउनेतर्फ केन्द्रित छ।”
मेयर पाठकले योजना कार्यान्वयनमा पारदर्शिता र प्रभावकारिता सुनिश्चित गरिने बताए। उहाँले भने, “हामीले ल्याएका योजनाहरू कागजमा मात्र सीमित नरहून्, व्यवहारमा कार्यान्वयन होस् भन्नेमा हाम्रो विशेष ध्यान रहनेछ।”
नगरसभामा प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साहले स्वागत मन्तव्य राख्दै जनप्रतिनिधि र कर्मचारीहरूबीचको सहकार्यले पर्सागढी समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे।उनले भने, “जबसम्म म याे पद र जिम्मेवारीमा छु, पर्सागढीलाई समृद्ध बनाउन कुनै कसर बाँकी राख्दिनँ। हाम्रो एकताको बलले धेरै सम्भव छ।”
कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद पौडेलले गरेका थिए। कार्यक्रममा नगरपालिकाका १ देखि ९ नम्बर वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारीहरू, सञ्चारकर्मीहरूको उपस्थिति थियो।
कार्यक्रमको अन्त्यमा नगरपालिकाबाट अवकाश प्राप्त कर्मचारीहरू र उत्कृष्ट कार्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई सम्मानसमेत गरिएको थियो।

Related posts

भूमीहिन दलितले उपभोग गरेको जग्गामा वनले गाडेको किलाखुटा अध्यक्ष यादवले उखलेर फालिदिए

MadhesKhabar

मधेस प्रदेशकै सर्वाधिक धनराशीको वीरगन्ज गोल्डकपको उपाधि फेरि पुलिसले जित्यो

MadhesKhabar

बाराकाे फेटा गाँउपालिकाका अध्यक्ष अन्सारी रास्वपामा प्रवेश

MadhesKhabar

Leave a Comment