वीरगन्ज,१७जेष्ठःवीरगन्ज महानगरपालिकामा न्यायिक समितिको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।महानगरकै सभाकक्षमा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागीहरुलाइर्य महानगरका उपमेयर एंव न्यायिक समितिका संयोजक इम्तियाज आलमले न्यायिक समितिबाट प्रदान गरिने सेवा, न्यायिक समितिमा गर्न सकिनने उजुरी लगायतका विषयमा जानकारी गराएका थिए ।
यस्तै उनले अहिलेसम्म न्यायिक समितिमा परेका मुद्दा, फछर्यौट भएका संख्या बारेमापनि जानकारी गराउँदै समितिमा उजुरी परेलगत्तै दुवै पक्षलाई बोलाएर छछलफलका माध्यमले सुल्झाउने गरिएको बताए ।
कार्यक्रममा न्यायिक समितिका उजुरी प्रशासक अधिवक्ता धनबहादुर थापाले सहजीकरण गरेको उपमेयर आलमका प्रेस संयोजक महमद सद्धाबले जानकारी दिए ।

