Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकाे बहुदरमाई नगरपालिका र धाेबिनी गाँउपालिकाका कर्मचारीहरुले दशैंमा पनि पाएनन् तलब

वीरगन्ज,१०असाेज:पर्साकाे बहुदरमाई नगरपालिका र धाेबिनी गाँउपालिकाका कर्मचारी र शिक्षकहरु दशैंमा समेत तलबभत्ता पाउनबाट बन्चित भएका छन् ।दुबै पालिकाका शिक्षक र कर्मचारीहरुले दशैंमा समेत तलबभत्ता पाउने सम्भावना सकिएकाे हाे ।

 

नयाँ आर्थिक वर्ष सुरु भएकाे अढाई महिना बितिसक्दा पनि ती दुबै पालिकाकाे खाता सञ्चालन नभएका कारण उनिहरुले दशैंमापनि तलबभत्ता नपाएका हुन्।बहुदरमाई र धाेबिनीकाे खाता सञ्चालन नभए काेष तथा लेखा नियन्त्रक कार्यालय पर्साले जनाएकाे छ।

बहुदरमाई नगरपालिकाकाे नगर सभा सम्पन्न भएपनि नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएका कारण त्यहाँकाे खाता सञ्चालनमा आउन सकेका छैन भने धाेबिनी गाउँपालिकाकाे गाउँ सभा नै नभएका कारण कारण खाता सञ्चालनमा आउन नसकेकाे हाे ।

धाेबिनी गाउँपालिकामा जनप्रतिनिधिहरुको आपसी असहमति तथा बजेट र याेजनामा भागबन्डा नमिलेको कारण अहिले सम्म गाउँ सभा हुन सकेकाे छैन् । धोबिनी गाउँपालिकाका कर्मचारीहरुले ६ महिनादेखि तलब पाएका छैनन् ।

धाेबिनी गाउँपालिकाका अध्यक्ष मदन चौहान र उपाध्यक्ष मन्जु देवी कुर्मीन् लगायतका जनप्रतिनिधिहरु बिच भागभन्डा नमिलेको कारण गाउँसभा हुन् नसकेको कारण गाउँपालिकाकाे सम्पुर्ण कामकाज न‌ ठप्प भएको छ।

पकहाँ मैनपुर गाउँपालिकामा भने बुधबार बसेकाे गाउँ सभाकाे बैठकबाट विकास बजेटलाई एकमुष्ठ रूपले यथावत राखि प्रशासनिक तथा सशर्त बजेट खर्चकाे लागि खाता सञ्चालन गर्ने निर्णय गरे अनुसार खाता सञ्चालनमा आएकाे छ । त्यहाँ अब तलबभत्ता भुक्तानी गर्न र कार्यालय सञ्चालन गर्न बाधा पर्ने छैन ।अन्य पालिकाहरुकाे समेत खाता संचालनमा आएकाे र तलब पठाउने पक्रियामा रहेकाे सम्बन्धित पालिकाहरुले जनाएका छन् ।साभार:कालिकाटाईम्स

Related posts

पत्रकार महासंघ पर्सामा नवनिर्मित पुस्तकालयकाे तिवारीले गरे उद्घाटन

MadhesKhabar

नहरमा भ्रष्टाचार गरेकाे भन्दै नारायणी सिंचाइ वीरगन्जका कर्मचारीहरु विरुद्ध मुद्दा दायर

MadhesKhabar

भारतमा कोरोना संक्रमण बढेपछि वीरगन्ज नाकामा उच्च सतर्कता

MadhesKhabar

Leave a Comment