Madhes Khabar
समाचार

मन्त्री निवास लगायतका ठाउँमा खानेपानी वितरणको लागी बाेलपत्र आह्वान

काठमाडौं,५माघ:संघिय सरकारकाे खानेपानी मन्त्रालय अन्तर्गत काठमाडाैं उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका मन्त्री निवास लगायत विभिन्न स्थानमा खानेपानीकाे सहज सेवा पुर्याउनका लागि विशेष याेजना अगाडि बढाएको छ।यसै क्रममा खानेपानी लिमिटेडले माघ ३ गते मन्त्र निवासका साथै ललितपुर जिल्लाका ८ स्थानमा खानेपानी आयोजना निर्माणका लागि बोलपत्र आह्वान गरेको छ।

बोलपत्र आह्वान गरिएका मुख्य योजनाहरूमा मन्त्री निवास लगायात जिभिन्न ठाउँको लागी पाइपलाइन विस्तार, खानेपानी वितरण प्रणालीको सुधार र नयाँ पानी ट्याङ्की जडानका कार्यहरू समावेश छन्।काठमाडाैं उपत्यका खानेपानी लिमिटेडले ललितपुर महानगरपालिका-१८सैन्बु,भैसेपाटीमा रहेको मन्त्री निवाससहित ललितपुर महानगरपालिका-१८मगरगाउँ, ललितपुर महानगरपालिका-१४ बुढामार्ग, ललितपुर महानगरपालिका-१५ युलेन्स स्कुल, धापाखेल, ललितपुर महानगरपालिका-१७ बाफल, ललितपुर महानगरपालिका-२६, चोखेल, ललितपुर महानगरपालिका-१५ शान्तिनगर माईक्रो पार्क, ललितपुर महानगरपालिका-८ बोजेपोखरी र बालकुमारी पुल गरि जम्मा ८ ठाउँका खानेपानी आयाेजना निर्माणका लागि बोलपत्र आह्वान गरेको हाे।

योजनाअन्तर्गत ती स्थानहरूमा खानेपानी आयाेजना निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी सर्वसाधारणलाई शुद्ध तथा दिगो खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको खानेपानी मन्त्री प्रदीप यादवले बताए । परियोजनाले विशेषतः शहरी र अर्ध-शहरी क्षेत्रमा खानेपानीको आपूर्ति सुधार गर्ने उद्देश्य राखेको उनले बताए ।

 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले यस कार्यका लागि योग्य कम्पनीहरूलाई समयमै बोलपत्र पेस गर्न आग्रह गरेको छ। यो पहलले ललितपुर जिल्लाका बासिन्दाको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

Related posts

वीरगन्जमा बदर मत बढि भएपछि काँग्रेस र जसपा बिच आरोप प्रत्यारोप

MadhesKhabar

ट्रकमा लागु औषध ओसार्ने तीन जना वीरगन्जको ड्राइपोर्ट चोकबाट पक्राउ

MadhesKhabar

जनकपुरका काँग्रेस नगरसभापति साहले गरे विद्रोह – मेयरमा स्वतन्त्रबाट लड्ने घोषणा

MadhesKhabar

Leave a Comment