Madhes Khabar
समाचार

वीरगन्जमा बदर मत बढि भएपछि काँग्रेस र जसपा बिच आरोप प्रत्यारोप

मधेसखबर
वीरगन्ज, ०१ जेठ
: वीरगन्ज महानगरपालिकामा जारी मतगणनामा बदर मतको संख्या घट्नुको सट्टा बढ्दै गइरहेको ।
महानगरको जारी मतगणनामा मेयर र उपमेयर पदमा धेरै मत बदर भइरहेको हो । मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार, जारी मतगणनाका क्रममा मेयर पदमा सरदर २६ प्रतिशत मत बदर भेटिइ रहेको छ । उपमेयरमा त खसेको मत भन्दा आधा भन्दा बढि नै मत बदर भेटिभइरहेको पौडेलले बताए ।
आइतबार बेलुकी ६ बजे सम्म निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतगणनाको विवरण अनुसार , ५३२७ वटा मतको गणना हुदा मेयर पदमा १३८० मत अर्थात २५.९० प्रतिशत मत बदर भएको छ ।
उपमेयरमा भने आधा भन्दा बढि नै मत अर्थात ५३.७२ प्रतिशत मत बदर भएको छ । उपमेयरमा २८६२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।
आइतबार बेलुकी ६ बजे सम्म ५३२७ वटा मत गणना गरिदा मेयरमा सदर मत ३९४७ र उपमेयरमा २४६५ मत मात्रै सदर भएको पौडेलले जानकारी दिए ।
वीरगन्ज १४ पिपरा स्थित नृसिंह मावि मतगणनास्थलमा वडा नम्बर १ ,२ ,३१ र ३२ को मतगणना जारी छ ।
महानगरमा दलहरुले दुइ अलग अलग गबठन्न्धन बनाएर मेयर र उपमेयर पदमा चुनावी तालमेल गरेकाले उम्मेदवार नभएकै चुनाव चिन्हमा स्वास्तीक छाप लगाइएका कारण मेयर र उपमेयर पदमा धेरै मत बदर भएको हो ।
वीरगन्ज महाननगरमा सत्तारुढ गठबन्धनबाट मेयरमा जसपाका उम्मेदवार राजेशमान सिंह र उपमेयरमा काँग्रेसका उम्मेदवार इम्तियाज आलम प्रतिस्पर्धामा छन् ।
यस्तै एमाले र लोसपाले पनि दुवै पदमा चुनावी तालमेल गरेर उम्मेदवारी दिएका छन् ।मेयरमा एमालेका विजय सरावगी र उपमेयरमा लोसपाका पुरुषोत्तमलाल झा उम्मेदवार हुन् ।
मेयरमा उम्मेदवार नै नभएको काँग्रेसको रुख चिन्ह र लोसपाको साइकल चिन्ह तथा उपमेयरमा उम्मेदवार नभएको जसपाको छाता चिन्ह र एमालेको सुर्य चिन्हमा अत्याधिक स्वास्तीक छाप लगाइएको भेटिएकोले बदर मतको संख्या धेरै रहेको पौडेलले बताए ।
उम्मेदवार नभएको चुनाव चिन्हमा स्वास्तीक छाप लगाइएको मत बदर हुने गरेको उनले बताए ।
धेरै म तबदर हुनुको अर्को कारण पनि रहेको छ । दुवै गठबन्धनले मेयर र उपमेयरमा मात्रै चुनावी तालमेल गरेका थिए । जसका कारण वडाहरुमा दलका वडाअध्यक्षका उम्मेदवारहरुले आफनो वडाअध्यक्षको मत पनि बदर नहोस् भनेर आफनो दलको सात वटै चुनाव चिन्हमा लहरैसंग स्वास्तीक छाप लागाउन मतदाताहरुसंग आग्रह गरेका थिए ।
मेयर र उपमेयर पदमा गठबन्धन भए पनि मतपत्रमा फरक फरक चुनाव चिन्हमा छाप लगाउन भन्दा मतदाताहरु अन्यौलमा परि वडाअध्यक्षको मत पनि बदर हुने भयले वडाअध्यक्षका उम्मेदवारहरुले बरु आफनो दलका सातवटै चिन्हमा स्वास्तीक छाप लगाइ दिन भन्दै मतदातासंग भोट मागेका थिए ।
त्यो कारणले पनि मतदाताहरुले उम्मेदवार नभएका चुनाव चिन्हसंगै एकै लहरमा रहेका सात वटै चिन्हमा स्वास्तीक छाप लगाइ दिएका कारण बदर मतको संख्या बढि देखिएको हो ।
यसका साथै यसपाली मतदाता शिक्षा कार्यक्रम पनि सन्चालन नगरिएका कारण मतदाताले एउटै लहरमा पनि दुइ वटा चिन्हमा स्वास्तीक छाप लगाइ दिएकाले मत बढि बदर भइरहेको पौडेलले बताए ।
यता मेयर भन्दा उपमेयर पदमा बढि मत बदर भइरहेपछि काँग्रेसका कार्यकर्ताले गठबन्धनमा रहेको जसपाले इमान्दारीता नदेखाएको भन्दै सामाजिक सन्जालमा असन्तुष्टि पोखेका छन् ।
जसपाका नेता र उम्मेदवारले गठबन्धनमा बेइमानी गरेर उम्मेदवार नै नभएको उपमेयर पदमा आफनो दलको छाता चिन्हमा मतदातासंग मत मागेका कारणले उपमेयरमा बढि मत भइरहेको उनिहरुको आरोपछ ।
यता जसपाका नेता कार्यकर्ताहरुले पनि मेयरमा पनि एक चौथाइ मत बदर हुनुले काँग्रेसले गठबन्धनमा इमान्दारीता नदेखाएको भन्दै आरोप लगाएका छन् ।
३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा शुक्रबार भएको मतदानमा ७३ प्रतिशत अर्थात ९४ हजार ६य मत खसेको थियो ।

Related posts

मंसिरमा नियुक्त बोर्ड सदस्यको राखेपमा औपचारिक पदबहाली

MadhesKhabar

ओली ,लेखक र खापुङलाई १०/१० वर्ष जेल हाल्न जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस

MadhesKhabar

सरकारी योजनाको प्रभावकारी कार्यान्वयनका लागि खानेपानीमन्त्री यादव र वनमन्त्री शाहीबिच सहमति

MadhesKhabar

Leave a Comment