Madhes Khabar
समाचार

मधेसमा खानेपानीको संकट रोक्न चुरेको दोहन रोक्नुपर्छ : खानेपानीमन्त्री यादव

काठमाडौं,११ भदौं : खानेपानी मन्त्री प्रदीप यादवले देशभरिका खानेपानी समस्याको समाधानका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

चितवनको सौराहामा आयोजित ‘खानेपानी तथा सरसफाइ क्षेत्रको सवाल र समाधान’ विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले जलवायु परिवर्तनका कारण खानेपानीका स्रोतहरू सुक्दै जानु र यसले निम्त्याएका समस्याहरूको समाधानका लागि समग्र देशको सहभागिता अपरिहार्य रहेको बताए ।

मन्त्री यादवले सेता हिमाल काला हुँदै हिउँ पग्लनु, पहाडमा पानीका मुहान सुक्न थाल्नु र चुरेको दोहनले मधेसमा चापाकलहरू सुक्न थाल्नुलाई जलवायु परिवर्तनका गम्भीर प्रभावहरूका रूपमा औँल्याए । उनले देशभर जलस्रोतको वैज्ञानिक अध्ययन गरी आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

“विश्वले निकट भविष्यमा पानीकै कारण ठूलो चुनौती सामना गर्नुपर्ने अवस्था आउने देखिन्छ । नेपालले समस्या गम्भीर बन्नु अघि नै सजग हुन आवश्यक छ,” मन्त्री यादवले भने । उनले खानेपानीसम्बन्धी ऐन, नियमावलीहरूमा कुनै समस्या भएमा समाधान गर्दै अगाडि बढ्न सकिने स्पष्ट पारे ।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले खानेपानी उपभोक्ता समितिहरूलाई व्यावसायिक उद्देश्य राखेर अघि बढ्न आग्रह गरे । महासंघका अध्यक्ष राजेन्द्र अर्यालले कर, बिजुली र इन्धनमा छुटको व्यवस्था गर्नुपर्ने माग गर्दै खानेपानीका सबै पहलमा समन्वय आवश्यक रहेको औँल्याए ।

Related posts

कांग्रेसका पूर्वमहामन्त्री निधीको जिवनीमा आधारित पुस्तक ‘नेपाल का निधी’ वीरगन्जमा लोकार्पण

MadhesKhabar

रोटर्याक्ट क्लवको भेला सम्पन्न

MadhesKhabar

सात दशक पुरानै संरचनामा सिमरा विमानस्थल

MadhesKhabar

Leave a Comment