Madhes Khabar
समाचार

मधेसमा खानेपानीको संकट रोक्न चुरेको दोहन रोक्नुपर्छ : खानेपानीमन्त्री यादव

काठमाडौं,११ भदौं : खानेपानी मन्त्री प्रदीप यादवले देशभरिका खानेपानी समस्याको समाधानका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

चितवनको सौराहामा आयोजित ‘खानेपानी तथा सरसफाइ क्षेत्रको सवाल र समाधान’ विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले जलवायु परिवर्तनका कारण खानेपानीका स्रोतहरू सुक्दै जानु र यसले निम्त्याएका समस्याहरूको समाधानका लागि समग्र देशको सहभागिता अपरिहार्य रहेको बताए ।

मन्त्री यादवले सेता हिमाल काला हुँदै हिउँ पग्लनु, पहाडमा पानीका मुहान सुक्न थाल्नु र चुरेको दोहनले मधेसमा चापाकलहरू सुक्न थाल्नुलाई जलवायु परिवर्तनका गम्भीर प्रभावहरूका रूपमा औँल्याए । उनले देशभर जलस्रोतको वैज्ञानिक अध्ययन गरी आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

“विश्वले निकट भविष्यमा पानीकै कारण ठूलो चुनौती सामना गर्नुपर्ने अवस्था आउने देखिन्छ । नेपालले समस्या गम्भीर बन्नु अघि नै सजग हुन आवश्यक छ,” मन्त्री यादवले भने । उनले खानेपानीसम्बन्धी ऐन, नियमावलीहरूमा कुनै समस्या भएमा समाधान गर्दै अगाडि बढ्न सकिने स्पष्ट पारे ।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले खानेपानी उपभोक्ता समितिहरूलाई व्यावसायिक उद्देश्य राखेर अघि बढ्न आग्रह गरे । महासंघका अध्यक्ष राजेन्द्र अर्यालले कर, बिजुली र इन्धनमा छुटको व्यवस्था गर्नुपर्ने माग गर्दै खानेपानीका सबै पहलमा समन्वय आवश्यक रहेको औँल्याए ।

Related posts

ट्रकमा लागु औषध ओसार्ने तीन जना वीरगन्जको ड्राइपोर्ट चोकबाट पक्राउ

MadhesKhabar

प्रिशाको मृत्युबारे परराष्ट्रमन्त्री राणा भन्छिन्,’छानविनका लागि कूटनीतिक पहल थालिएको छ’

MadhesKhabar

घाटामा रहेकाे खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment