Madhes Khabar
समाचार

काठमाडौं महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डे निलम्बित

काठमाडौं,२०जेठः काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् ।

आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बुझिएको छ ।

प्रशासकीय अधिकृत गुरागाईले मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलसहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल ऐन बमोजिम गत चैत २१ गते भएको घटनाको जाँचबुझ नसकिन्जेल पाण्डेलाई बढीमा ६ महिनाको लागि निलम्बन गरिएको जनाएका छन् ।

चैत २१ गतेका दिन प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउने पाण्डेले बल प्रयोग गरेका थिए । उपमेयर र वडाध्यक्षहरुसँग समेत उनको भनाभन भएको थियो ।साभारः नेपालप्रेस

Related posts

मलाई बधाई दिन फोन नगर्नुहोला, कवाडी वैज्ञानिकमन्त्री भन्नुहोला: महावीर पुन

MadhesKhabar

१४७० पिस नाइट्राभेट ट्याब्लेटसहित रक्सौलका युवक वीरगन्जमा पक्राउ

MadhesKhabar

पर्साको विश्रामपुरबाट ६ पोका गाँजा बरामद

MadhesKhabar

Leave a Comment