Madhes Khabar
समाचार

बाराको पचरौताका नगरपालिकाका तत्कालिन निमित्त प्रमुखसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं,९बैशाख : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव, मधेस प्रदेश मिडिया काउन्सिलका नवनियुक्त अध्यक्ष कमलकुमार उपाध्याय समेत तीनजनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पु¥याइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।

आयोगले पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव,लेखापाल हासिम मियाँ अन्सारी र केएस मल्टिप्रपोज कम्पनीका अध्यक्ष तथा मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्षसमेत रहेका कमल कुमार उपाध्यायविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उनीहरूविरुद्ध सार्वजनिक ऐनलाई छलेर विज्ञापन प्रकाशित नै नगरी आर्थिक अनियमिता गरेको उजुरी परेको थियो। त्यही उजुरीका आधारमा अनुसन्धान हुँदा निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र लेखापाल मियाँले नगरपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन भएका ठेक्काहरूको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा त्यसो नगरी झुटा विवरणसहितको आधारमा ३ लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी दिएको खुल्न आएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

मधेस मिडिया काउन्सििलका अध्यक्ष उपाध्यासमेतको मिलेमतोमा नगरपालिकाको ठेक्काको अभिलेखमा राख्ने प्रयोजनार्थ मात्रै एकप्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरी नगरपालिकामा पेश गर्न लगाइ त्यही झुट्टा विवरणसहितको पत्रिकाको आधारमा ३ लाख ५२ हजार ५६० रुपैयाँ केएस मल्टिप्रपोज प्राइभेट लिमिटेडलाई भुक्तानी दिएको पाइएको अख्तियारको ठहर छ।उनीहरूविरुद्ध सोही रकम बराबरको विगो दावी र सजाय माग गरिएको आरोप– पत्रमा उल्लेख छ। साभार : अन्नपूर्णपोष्ट

Related posts

पर्सामा नेपाल प्रहरीद्वारा १ महिनामै करिब ७ करोडको तस्करीका मालसामान बरामद

MadhesKhabar

पोखरीमा डुबेर सर्लाहीमा एक महिलाको मृत्यु

MadhesKhabar

ठोरीमा मिनि ट्रक दुर्घटना हुँदा चालक घाइते

MadhesKhabar

Leave a Comment