
प्रमोद यादव
पर्सा,२९असोजःपर्साको पटेर्वा सुगौली गाँउपालिकामा प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् र तस्करीमा प्रयोग गरिएका तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले ती ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीले पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर २ स्थित जाते खोलामा बालुवा लोड गर्न पसेको ना ७७ त १३३४ , वडा नम्बर १ स्थित पथलवाघाटबाट नम्बर नखुलेको बालुवा लोड गरिएको आइचर ट्याक्टर र वडा नम्बर ४ पथरैयाबाट ना ६ त १६७४ नम्बरको ढुंगा लोड गरिएकाो ट्याक्टर नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका बालुवा र ढुंगासहितको ट्याक्टर ईलाका प्रहरी कार्यालय पटेर्वा सुगोलीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए ।

