Madhes Khabar
समाचार

पर्सामा तस्करी गरि ल्याइएको ४ हजार ५ सय ब्रोइलर कुखुराको चल्ला सशस्त्र प्रहरीद्धारा नष्ट

वीरगन्ज,३० साउनःभारतबाट तस्करी गरी नेपालमा भित्रयाइएको प्रतिबन्धित भारतीय ब्रोइलर कुखुराको चल्ला सशस्त्र प्रहरीले बरामद गरेर नष्ट गरेको छ।

पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवागुठी क्षेत्रबाट सशस्त्र प्रहरीले ४ हजार ५ सय वटा चल्ला बरामद गरेर नष्ट गरेको हो।

सशस्त्र प्रहरी टोलीलाई देखेपछि भारतबाट अवैध रूपमा ल्याउँदै गरिएका चल्ला छाडेर तस्करहरू फरार भएका थिए। बरामद गरिएका प्रतिबन्धित चल्लालाई पशुपन्छी क्वारेन्टाइनका प्रतिनिधि, नेपाल प्रहरी र स्थानीयवासीको रोहबरमा खाल्डो खनेर त्यसमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

Related posts

मुर्लीमा रास्वपा उम्मेदवार हरि पन्तको अनौठो स्वागत, काँबरमा राखेर टोल–टोलमा परिक्रमा

MadhesKhabar

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

MadhesKhabar

मंसिर ४ को निर्वाचनमा पनि गठबन्धनमा जाने सहमति

MadhesKhabar

Leave a Comment