सर्लाही,५ भदौं :सर्लाहीको मलंगवामा «याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।मृत्यु हुनेमा गोडैता नगरपालिका–५, की २० वर्षीया गुडिया कुमारी गुप्ता रहेकी छन् ।
मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोक नजिकै ज१त ५२४६ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदलयात्रा गरिरहेकी गुप्ताको मृत्यु भएको हो । नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको उक्त ट्रयाक्टरले गुप्तालाई ठक्कर दिएको थियो ।
घाइते उनलाई प्रादेशिक अस्पताल मलंगवा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
ट्रयाक्टर चालक गोडैता नगरपालिका–११ का १७ वर्षीय अजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले प्रहरी नायब उपरीक्षक गौतमले बताए ।

