Madhes Khabar
समाचार

मकवानपुरमा भीरबाट लडेर पर्साका एक पुरुषको मृत्यु

सांकेतिक फोटो ।

वीरगन्ज,२०माघःमकवानपुरमा भीरबाट लडेर पर्साका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका ३ देकुलीका ४२ बर्षीय राजकपुर चौधरी रहेका छन् ।

मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका गाँउपालिका वडा नम्बर ४ जैसिङतालस्थित करङ भिरबाट लडेर उनको मृत्यु भएको हो ।पहाडमा पैदल हिडिरहेका बेला अचानक भीरबाट लडेर गम्भीर घाइते भएका चौधरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

चौधरी के कामका लागि त्यहाँ पुगेको भन्ने विषयमा अहिलेसम्म केहि खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

Related posts

सवारी दुर्घटना रोक्न स्पीड ब्रेकर निर्माण गर्ने राधेमाइका युवाहरुको निर्णय

MadhesKhabar

प्रचारको अन्तिम दिन पोखरीयामा काँग्रेसको चुनावी घरदैलो

MadhesKhabar

नेपालको विकासमा भारतले गरिरहेको योगदानको कदर गर्नुपर्छ : वक्ताहरु

MadhesKhabar

Leave a Comment