वीरगन्ज,२६जेठःपर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ जमुनियास्थित रहेको जमुनिया खोलाबाट अवैध रुपमा गिट्टी र बालुवा उत्खनन् गरेर लैजाँदै गरेका दुई वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान जमुनिया खोलाबाट अवैध रुपमा गिट्टी उत्खनन् गरेर लोड गरिएको प्र.२–०३–००१त.१५७ नम्बरको ट्याक्टर र बालुवा लोड गरिएको प्रदेश २–०३–००१ च १२९२ नम्बरको ट्याक्टर ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको गिट्टी र बालुवासहितको दुवै ट्याक्टरलाई ईलाका प्रहरी कार्यालयको परिसरमा राखिएको र आवश्यक कारबाहीको प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

