Madhes Khabar
समाचार

पर्साको जमुनिया खोलाबाट गिट्टी र बालुवा तस्करी गर्ने दुई वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

वीरगन्ज,२६जेठःपर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ जमुनियास्थित रहेको जमुनिया खोलाबाट अवैध रुपमा गिट्टी र बालुवा उत्खनन् गरेर लैजाँदै गरेका दुई वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान जमुनिया खोलाबाट अवैध रुपमा गिट्टी उत्खनन् गरेर लोड गरिएको प्र.२–०३–००१त.१५७ नम्बरको ट्याक्टर र बालुवा लोड गरिएको प्रदेश २–०३–००१ च १२९२ नम्बरको ट्याक्टर ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको गिट्टी र बालुवासहितको दुवै ट्याक्टरलाई ईलाका प्रहरी कार्यालयको परिसरमा राखिएको र आवश्यक कारबाहीको प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

जिपि कोईराला फाउण्डेसनको मधेस प्रदेशको संयोजकमा शाहाबुद्दिन मनोनित

MadhesKhabar

पर्साको भौराटारबाट गाँजा र अफिमसहित एक युवक पक्राउ

MadhesKhabar

कुलिङ पिरियडकै कारण निजामती कर्मचारी विधेयक रोकिएको होइन : मन्त्री गुप्ता

MadhesKhabar

Leave a Comment