Madhes Khabar
समाचार

तस्करी गरी ल्याइएको १६ लाख बराबरको कपडा वीरगन्जबाट बरामद

वीरगन्ज,२६पुषःपर्सा प्रहरीले भन्सार छलेर तस्करी गरी ल्याइएको ठूलो परिमाणका कपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका– १९ विन्दवासिनी निवासी नागेश्वर साह कलवारको ज्ञान सागर अंग्रेजी बोर्डिङ स्कुलको खाली तल्लाको बरण्डामा भण्डारण गरी राखिएको लत्ता कपडा बुधबार प्रहरीले बरामद गरेको हो ।

पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले १६ लाख ६० हजार रुपैयाँ मुल्य बराबरका कपडाहरु बरामद गरिएको जानकारी दिए ।उनका अनुसार ५७६ थान (१७ हजार २८० मिटर) पुजा कपडा, लेडिज ब्रा एक हजार १५२ पिस, २० किलो विभिन्न किसिमका लेडिजका नक्कली गरगहनाहरु, प्लाष्टिकको फुल ७ प्याकेट र ४८ पिस रेडबुल बरामद भएको छ ।

बरामद सामानहरु आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

त्रिभुवन विमानस्थलबाट १ किलाे ३०० ग्राम सुन बरामद

MadhesKhabar

रक्सौलबाट पटाका लिएर आउँदै गरेको कार वीरगन्ज भन्सार नाकामा पक्राउ

MadhesKhabar

भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

MadhesKhabar

Leave a Comment