वीरगन्ज,२४ असोजःवीरगन्ज भन्सार गेटबाट सशस्त्र प्रहरीले पटाकासहितको एउटा कार बरामद गरेको छ ।भारतको रक्सौलबाट वीरगन्ज आउँदै गरेको बा १२ च ३१०३ नम्बरको कारबाट ५० हजार रुपैयाँ मूल्य बराबरको पटाका बरामद भएपछि सशस्त्र प्रहरीले उक्त कारपनि नियन्त्रणमा लिएको हो ।
भन्सार गेट अगाडिको सडकमा नियमि चेकजाँमा खटिएको सशस्त्र प्रहरीले उक्त कार रोकेर चेकजाँच गर्न खोज्दा कारका चालक कार छोडेर फरार भएका थिए । त्यसपछि सशस्त्र प्रहरीले उक्त कारभित्र खानतलासी गर्दा कारभित्र राखिएको विभिन्न ब्राण्डका ९ कार्टुन पटाका फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।बरामद पटाका शुक्रबार नै खाल्डोको पानीमा डुबाएर नष्ट गरिएको उनले बताए ।
पटाका बरामद गरिएको कारको भने १८ लाख रुपैयाँ मूल्यांकन गरेर आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

