
माधुरी महत्तो
वीरगन्ज, १७ बैशाख : माता तिर्थ औंशी (आमाको मुख हेर्ने दिन) को उपलक्ष्यमा नेकपा एमालेले वीरगन्जमा शनिवार महिलाहरुलाइ सम्मान गरेको छ ।
वीरगन्ज ५ कुम्हाल टोलमा शनिवार एमाले वडा इकाइ कमिटीले मेयरका उम्मेदवार विजय कुमार सरावगीको विशेष उपस्थितीमा आयोजना गरेको कार्यक्रममा वडाका संयौ महिलाहरुलाइ सम्मान गरिएको हो ।कार्यक्रममा महिला (आमा) हरुलाइ उपहार पनि प्रदान गरिएको थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै एमालेको तर्फबाट मेयरका उम्मेदवार एंव निवर्तमान मेयर सरावगीले सभ्यता र सस्कृतिको शहर वीरगन्जको बृहतर विकासका लागि आफनो नेतृत्व फेरि एक पटक आवश्यक रहेको बताए । उनले अहिलेको साढे ४ वर्षको कार्यकालमा उपलब्ध साधन श्रोतको भरपुर उपयोग गरेर काम गरेर र अधुरा काम पुरा गर्न आफुलाइ जिताउन आग्रह गरे ।
पर्सा क्षेत्र नम्बर २ का सांसद एंव एमालेसंग गठबन्धन गरेको लोसपाका नेता बिमल प्रसाद श्रीवातस्बले सबैको हित गर्ने काम एमाले र लोसपाको गठबन्धनले मात्र गर्ने भएकोले मेयरमा विजय सरावगी र उपमेयरमा पुरुषोत्तम लाल झालाइ जिताउन अपिल गरे । एमाले र लोसपाको गठबन्धनले जिते मात्रै बीरगन्जमा विद्यमान सबै बेथिती अन्त्य हुने उनले बताए ।
वडा नम्बर ५ का एमालेका वडा अध्यक्षका उम्मेदवार प्रदीप चौरसीयाको अध्यक्षतामा भएको कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य निर्मला देबकोटा, उपमेयरका उम्मेदवार पुरुषोत्तम लाल झा एमाले नेता प्रदिप सिँह ठकुरी लगायतले पनि सम्बोधन गरेका थिए ।

