Madhes Khabar
समाचार

वीरगन्जमा अवैध काठसहितको ट्याक्टर बरामद

वीरगन्ज, १३ वैशाख : पर्सामा अवैध रूपमा ओसारपसार हुँदै गरेको काठसहितको एउटा ट्याक्टर सबैया सब डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ स्थित मिलन चोकमा सबैया सब डिभिजन वन कार्यालय र सबैया साझेदारी वन उपभोक्ता समूहको संयुक्त गस्ती टोलीले आईतबार बिहान सालकोे काठसहित प्रदेश २– ०३–००१ त १५७५ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । काठ र ट्याक्टरसंगै वीरगन्ज महानगरपालिका वडा नम्बर २९ मुसौलीका कृष्ण प्रसाद साहलाई पनि नियन्त्रण लिइएको छ ।

बरामद गरिएको २४ फिट काठ र ट्याक्टर सहित कुल १५ लाख रुपैयाँको मुल्यांकन गरी आवश्यक कारबाहीका लागि डभिजन वन कार्यालय पर्सामा पठाइएको सबैया सब डिभिजन वन कार्यालयका रेन्जर भुपाल रोकायले जनकारी दिए।

Related posts

वीरगन्जमा प्रदर्शनकारीद्धारा पत्रकार साहमाथि हातपात, मोबाइल खोसेर गायब पारियो

MadhesKhabar

पर्साको भतौडाबाट एक ट्याक्टर सालको काठ बरामद

MadhesKhabar

वीरगन्जबाट दुई करोड भन्दा बढि मुल्यको दुई ट्रक सामान बरामद

MadhesKhabar

Leave a Comment