Madhes Khabar
राजनीति समाचार

मंसिर ४ को निर्वाचनमा पनि गठबन्धनमा जाने सहमति


मधेसखबर
वीरगञ्ज , साउन २० : आगामी मंसिर ४ गतेमा हुने भनिएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सत्तारुढ पाँच दलीय गठबन्धन सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा चुनावी तालमेल गर्ने सहमति भएको जनाईएको छ ।

बैठकमा सहभागी नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले ४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय भएको बताए ।

सिट बाँडफाँटको गृहकार्य गर्न ९ सदस्यीय कार्यदल समेत बनेको जानकारी प्राप्त भएको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन रहेका छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ ।

 

Related posts

यातायात कार्यालय वीरगन्जका अधिकृत गौतमविरुद्ध मुद्दा दायर,साढे २ करोड भ्रष्टचार गरेको आरोप

MadhesKhabar

काँग्रेस छाडेका प्रमानन्द साह कानु राप्रपाको उम्मेदवार

MadhesKhabar

माओवादीबाटै नयाँ गृहमन्त्री बनाउने पक्षमा प्रधानमन्त्री प्रचण्ड

MadhesKhabar

Leave a Comment