Madhes Khabar
समाचार

पर्सामा आजपनि प्रहरीले नष्ट गर्यो गाँजा खेती

प्रमोद यादव
वीरगन्ज,१४कार्तिकःपर्सामा गाँजा खेती नष्ट पार्ने अभियानलाई प्रहरीले निरन्तरता दिएको दिएको छ । यसैक्रममा आज(बुधबार)पनि प्रहरीले सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ सिद्धपुरमा पर्ने कोईलाभार साझेदारी वनभित्रै लगाइएको गाँजा खेती फडानी गरेर नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र मातहतका प्रहरी पोष्टबाट खटिएको टोलीले बुधबार वनभित्र करिब १० कठ्ठामा लगाइएको करिब ३ हजार ५ सय वटा गाँजाको बोट फडानी गरेर नष्ट गरेको हो ।

यसअघि गत सोमबारपनि प्रहरीले सखुवा पर्सौनी गाउँपालिकै वडा नम्बर १ सखुनियाको बिन्दवासिनी कोइलाभार साझेदारी वन व्यवस्थापन समिति र मनवा सबडिभिजन वन कार्यालय अन्तर्गत पर्ने राष्ट्रिय वनभित्रको ५ बिघा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको थियो । त्यस्तै गत शनिबारपनि प्रहरीले पर्सागढी नगरपालिका वडा नम्बर १ गुलरिया र वडा नम्बर ३ झबराहामा गरि दुई बिघा जग्गामा लगाइएको करिब १५ हजार गाँजाको बोट फडानी गरेर नष्ट गरेको थियो भने गत गत बुधबारपनि प्रहरीले पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ थरघाटी टोलमा एक बिघामा लगाइएको करिब ८ हजार वटा गाँजाको बोट नष्ट गरेको थियो ।

पर्साका विभिन्न स्थानमा लुकिछपी गाँजाको खेती भइरहेको सुचना आएपछि प्रहरीले फेरि केहिदिन यतादेखि अभियान नै चलाएर गाँजा खेती नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।

Related posts

१८ अर्बको अवैध कारोबार गर्ने पर्साका ३ सहित २१ जना पक्राउ ( नाम र ठेगानासहित)

MadhesKhabar

वीरगन्जमा लागूऔषधसहित बाराका दुई जना पक्राउ

MadhesKhabar

झुम्सा आयोजना छिट्टै सकेर बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment