Madhes Khabar
समाचार

बारामा साइकलकाे सिटमुनि लुकाएर ल्याइएको ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

जिप्रका बारा।

बारा,५असाेज:बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरबाट प्रहरीले लागूऔषध ब्राउनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतकाे बिह राज्यकाे मोतिहारी जिल्लाकाे नकरदेही पंचायत–२ बिर्ताटोल घर भएका ४० वर्षीय दुखी साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार इलाका प्रहरी कार्यालय प्रसौनी र प्रहरी चौकी मुसहर्वाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब ९ः३० बजे भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका साहलाई रोकेर चेकजाँच गरेको थियो।त्यसक्रममा उनको साइकलको सिटमुनि लुकाएर ल्याइएको प्लास्टिकसहित ७.३५ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

ब्राउन सुगरसहित पक्राउ परेका साहलाई लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरि बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी कारबाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Related posts

बारामा बेवारिसे अवस्थामा भेटियो बाेलेरो जिप

MadhesKhabar

अदालतले सफाई दिएसंगै जेलबाट छुटे अफताब आलम

MadhesKhabar

नगवामा फेरि भेटियो एक युवकको शव

MadhesKhabar

Leave a Comment