Madhes Khabar
समाचार

बारामा बेवारिसे अवस्थामा भेटियो बाेलेरो जिप

बारा,२० साउन: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, पथलैयास्थित धर्मेश्वर मन्दिर अगाडि बेवारिसे अवस्थामा एउटा बाेलेरो गाडी फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार साउन १९ गते सोमबार साँझदेखि बा १४ च ८९२५ नम्बरको उक्त गाडी बेवारिसे अवस्थामा रहेको हो।

दुई दिनदेखि मन्दिर अगाडि गाडी एकै ठाउँमा देखेपछि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडा सदस्य राकेश सुब्बाले प्रहरीलाई जानकारी गराएका थिए । जनप्रतिनिधिको जानकारीपछि पुगेको पथलैया प्रहरी चौकीको टोलीले गाडी नियन्त्रणमा लिएको छ भने सवारीधनीको खोजी थालेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बेवारिसे भेटिएको गाडीका धनीलाई सम्पर्कमा आउन अनुरोध गरेका छन् । गाडी कसले र किन त्यहाँ छोडेको हो भन्ने कुरा अझै खुल्न सकेको छैन ।

Related posts

जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी

MadhesKhabar

ठाेरीकाे जंगलमा बाघसँग माेटरसाइकल ठाेक्किदा एक जना घाइते

MadhesKhabar

मधेसमा उत्पन्न पानीको समस्याबारे प्रधानमन्त्री कार्यालयको चासो, तत्काल समाधान गर्न निर्देशन

MadhesKhabar

Leave a Comment