Madhes Khabar
समाचार

घण्टाघरबाट भन्सार छलीको ८७ लाख बढीको सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज,२६बैशाखः वीरगन्जबाट प्रहरीले भन्सार राजश्व छलीको आशंकामा ८७ लाख भन्दा बढीको मालसामानसहित एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगन्जको ट्रान्सपोटबाट मालसामान लिएर काठमाडौं तर्फ जाँदै गरेको ना ६ ख ३८६१ नम्बरको ट्रक प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर ८ स्थित घण्टाघरमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त ट्रकबाट भन्सार राजश्व छलीको औषधि,कपडा लगायतका थरी ८७ लाख ५० हजार ४१५ रुपैयाँ मूल्यको सामान बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

चेकजाँचका क्रममा ट्रकका चालकले देखाएको बीलबिजक र भन्सार प्रज्ञापनपत्र भन्दा बढीको सामान भेटिएपछि सामानसहितको ट्रक नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको थापाले बताए ।

Related posts

गाँजाको व्यावसायिक उत्पादन गर्नका लागि कानुन बनाउने सरकारको घोषणा

MadhesKhabar

पर्सागगढीबाट तस्करीको काठ बरामद

MadhesKhabar

युवा र पाका दुवैलाई समय र आवश्यक्ताका आधारमा स्थान दिनुपर्ने : मन्त्रि यादव

MadhesKhabar

Leave a Comment