Madhes Khabar
समाचार

पर्सागगढीबाट तस्करीको काठ बरामद

प्रमोद यादव

पर्सा,२५ साउन : पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बाट वन कार्यालयको टोलीले सालको काँचो गोलीया काठ बरामद गरेको छ।

विशेष सुराकीको आधारमा सव डिभिजन वन कार्यालय बढ्निहारबाट खटिएको टोलीले पर्सागढी नगरपालिकाका वडा नम्बर ३ नजिकै तस्करहरुले लुकाएर राखेको सालको गोलीया काठ दुई थान र साइकल दुई थान मंगलबार बेलुकी बरामद गरेको हो।

बरामद गरिएको काठ र साइकल सव डिभिजन वन कार्यालय बढनियारमा राखिएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ।

Related posts

केकमा गाँजा मिसाएर बिक्री गर्ने २ जना पक्राउ

MadhesKhabar

खानेपानीमन्त्री यादवको निर्देशनमा बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु

MadhesKhabar

पर्साको मसिहानीमा हुण्डीको रकमसहित एक भारतीय पक्राउ

MadhesKhabar

Leave a Comment