Madhes Khabar
समाचार

नवलपरासीमा जिप दुर्घटना हुदा ४ को मृत्यु , ८ घाइते

मधेसखबर
वीरगन्ज,१६ मंसिर : नवलपरासी पूर्वको धौवादीमा बिहीबार बेलुकी भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार बेलुकी दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ । घाइते हुनेमा चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई, सजन दरई, सुना सुनार र उत्तम क्षेत्री छन् ।जिपको ब्रेक फेल भएर भित्तामा ठोक्किएर सडकबाट करिब तीन सय मिटर तल खसेको हो ।

Related posts

घरमा लुकाएर राखिएको तस्करीको साढे ३६ लाख बढीको भेपसहित ८ जना पक्राउ

MadhesKhabar

ठोरीमा मिनि ट्रक दुर्घटना हुँदा चालक घाइते

MadhesKhabar

वीरगन्जसहितका क्यासिनोमा कडा निगरानी राख्न र नेपालीको प्रवेश राेक्न सरकारकाे निर्देशन

MadhesKhabar

Leave a Comment