Madhes Khabar
समाचार

नवलपरासीमा जिप दुर्घटना हुदा ४ को मृत्यु , ८ घाइते

मधेसखबर
वीरगन्ज,१६ मंसिर : नवलपरासी पूर्वको धौवादीमा बिहीबार बेलुकी भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार बेलुकी दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ । घाइते हुनेमा चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई, सजन दरई, सुना सुनार र उत्तम क्षेत्री छन् ।जिपको ब्रेक फेल भएर भित्तामा ठोक्किएर सडकबाट करिब तीन सय मिटर तल खसेको हो ।

Related posts

निजामती कर्मचारी संगठन मधेस प्रदेशकाे उपाध्यक्षमा पर्साका कुशवाहा निर्वाचित

MadhesKhabar

इँटाभट्टामा जिउँदै मान्छे जलाउने कांग्रेस नेता अफताब आलमका भाइ मेहताब आपराधिक गतिविधिमा अझै सक्रिय

MadhesKhabar

मधेसमा बाढी पहिराेकाे विपदबाट प्रभावितकाे उद्दारमा लाग्न सुरक्षा प्रमुखहरुलाई मुख्यमन्त्री सिंहको निर्देशन

MadhesKhabar

Leave a Comment