Madhes Khabar
समाचार

वीरगन्ज भन्सार क्षेत्रबाट नगद पाँच लाखसहित एक भारतीय युवक पक्राउ 

वीरगन्ज,४चैत:वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्राेत नखुलेकाे नगद पाँच लाख नेपाली रुपैयाँसहित एक भारतीय युवकलाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा भारत बिहारकाे रक्साैल नगरपञ्चायत वडा नम्बर ७ का २४ बर्षिय उमेश कुमार यादव रहेका छन्।सशस्त्र प्रहरीले यादवलाई आइतबार पक्राउ गरेकाे हाे।
रक्साैलबाट पैदल वीरगन्ज आइरहेका यादवलाई वीरगन्ज भन्सार क्षेत्रकाे शंकराचार्य प्रवेशद्वारमा सशस्त्र प्रहरीले  राेकेर शरिर खानतलासी गर्दा उनकाे साथबाट श्राेत खुल्न नसकेको नेपाली  १ हजार दरका ५ सय थान नाेट बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जानकारी दिए।
यादवलाई आवश्यक कारबाहीका लागि आइतबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको श्रेष्ठले बताए ।

Related posts

कश्मिरकाे आतंकवादी हमलामा मारिएका बुटवलका न्यौपाने परिवार लिएर घुम्न गएका थिए

MadhesKhabar

कलैयाको नक्कली अडिट फर्ममा राजश्व अनुसन्धान विभागको छापामारी, सन्चालक कानु फरार

MadhesKhabar

राजवादीको प्रदर्शनमा मारिएका पत्रकार रजककी श्रीमतीलाई सरकारले दियो जागीर

MadhesKhabar

Leave a Comment