Madhes Khabar
समाचार

पहिरोले भीमफेदी–कुलेखानी हुदैं काठमाडौं जाने सडक बन्द

हेटौडा,११असोजःमकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने सडक बन्द भएको छ । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि उक्त सडक खण्ड बन्द भएको हो ।

स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्छाउने काम गरिरहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले काठमाडौंबाट हेटौंडा आउने र हेटौंडाबाट फाखेल हुँदै काठमाडौं जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

त्यस्तै, पहिरोले अवरुद्ध कान्तिलोकपथ खण्ड पनि सञ्चालनमा आउन सकेको छैन । बिहीबार राति मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखामा पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको हो । प्रहरीका अनुसार उक्त स्थानको पहिरो हटाउने प्रयास भइरहेको छ।साभारः अन्नपूर्णपोष्ट

Related posts

निजगढबाट १३ केजी गाजा सहित लालकाजी पक्राउ

MadhesKhabar

सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन खानेपानीमन्त्री यादवको निर्देशन

MadhesKhabar

मधेसको अध्ययन गरेर फर्किएको टोलीले भन्यो : चैत यता ३०० डिप बोरिङ खनियो,५० ट्रान्सफर्मर चोरी

MadhesKhabar

Leave a Comment