Madhes Khabar
समाचार

पहिरोले भीमफेदी–कुलेखानी हुदैं काठमाडौं जाने सडक बन्द

हेटौडा,११असोजःमकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने सडक बन्द भएको छ । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि उक्त सडक खण्ड बन्द भएको हो ।

स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्छाउने काम गरिरहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले काठमाडौंबाट हेटौंडा आउने र हेटौंडाबाट फाखेल हुँदै काठमाडौं जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

त्यस्तै, पहिरोले अवरुद्ध कान्तिलोकपथ खण्ड पनि सञ्चालनमा आउन सकेको छैन । बिहीबार राति मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखामा पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको हो । प्रहरीका अनुसार उक्त स्थानको पहिरो हटाउने प्रयास भइरहेको छ।साभारः अन्नपूर्णपोष्ट

Related posts

पर्सा ग्रामीण पत्रकार समाजका नवनिर्वाचित पदाधिकारी र सदस्यहरु वीरगन्जमा सम्मानित

MadhesKhabar

मधेसमा निर्माण गरिएका खानेपानीका ओभरहेड ट्यांकी सञ्चालनमा ल्याउन मन्त्री यादवको निर्देशन

MadhesKhabar

बाराको गंगानगरबाट ४ बोरा गाँजासहित दुई जना पक्राउ

MadhesKhabar

Leave a Comment