Madhes Khabar
समाचार

पर्सा ग्रामीण पत्रकार समाजका नवनिर्वाचित पदाधिकारी र सदस्यहरु वीरगन्जमा सम्मानित

वीरगन्ज ,१०जेष्ठ : पर्सा ग्रामीण पत्रकार समाजका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेपाल पत्रकार महासंघ पर्सन शाखाले सम्मानित गरेकाे छ ।

वीरगन्जमा बुधबार आयाेजित कार्यक्रममा पत्रकार महासंघ पर्सा शाखाले सममजका नवनिर्वाचित अध्यक्ष धर्मेन्द्र चाैरसिया, उपाध्यक्षद्वय प्रमाेद कुमार यादव र ओमप्रकाश चाैधरी, सचिव बलराम शुक्ला, कोषाध्यक्ष कृष्णमोहन साह, सदस्यरु रामजी यादव ,चन्द्रशेखर प्रजापति, चिरञ्जीवी यादव लगायतलाई सम्मानित गरेकाे हाे।

कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले समाजका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई गम्छा ओढाएर सम्मानित गरे ।कार्यक्रममै ग्रामीण भेगका पत्रकार दिनेश मिश्रालाई पनि पत्रकार महासंघले सम्मानित गरेकाे थियाे ।

तिवारीकै अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशाेक तिवारी , केन्द्रीय सदस्य निलिमा पाैडेल,नेपाल पत्रकार महासंघका पुर्व मध्यमाञ्चल संयाेजक महेश दास , नेपाल प्रेेस युनियन पर्साका अध्यक्ष विजय चाैहान, प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गाैतम, पत्रकार शत्रुधन नेपाल , तुलसी भण्डारी लगायतकाे पनि सहभागीता थियाे ।

Related posts

मकवानपुरमा ट्रक दुर्घटना हुदाँ वीरगन्जका एक युवकको मृत्यु

MadhesKhabar

श्रोत नखुलेको ८३ लाख रकम सहित दुई जना पक्राउ

MadhesKhabar

बारामा तस्करीको आशंकामा प्रहरीद्वारा करिब दुई करोड मुल्यको सूर्ती बरामद

MadhesKhabar

Leave a Comment