वीरगन्ज ,१०जेष्ठ : पर्सा ग्रामीण पत्रकार समाजका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेपाल पत्रकार महासंघ पर्सन शाखाले सम्मानित गरेकाे छ ।
वीरगन्जमा बुधबार आयाेजित कार्यक्रममा पत्रकार महासंघ पर्सा शाखाले सममजका नवनिर्वाचित अध्यक्ष धर्मेन्द्र चाैरसिया, उपाध्यक्षद्वय प्रमाेद कुमार यादव र ओमप्रकाश चाैधरी, सचिव बलराम शुक्ला, कोषाध्यक्ष कृष्णमोहन साह, सदस्यरु रामजी यादव ,चन्द्रशेखर प्रजापति, चिरञ्जीवी यादव लगायतलाई सम्मानित गरेकाे हाे।
कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले समाजका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई गम्छा ओढाएर सम्मानित गरे ।कार्यक्रममै ग्रामीण भेगका पत्रकार दिनेश मिश्रालाई पनि पत्रकार महासंघले सम्मानित गरेकाे थियाे ।

तिवारीकै अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशाेक तिवारी , केन्द्रीय सदस्य निलिमा पाैडेल,नेपाल पत्रकार महासंघका पुर्व मध्यमाञ्चल संयाेजक महेश दास , नेपाल प्रेेस युनियन पर्साका अध्यक्ष विजय चाैहान, प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गाैतम, पत्रकार शत्रुधन नेपाल , तुलसी भण्डारी लगायतकाे पनि सहभागीता थियाे ।


