वीरगन्ज,१०साउनः महामानव विश्वेश्वर प्रसाद (बीपी)कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा वीरगन्ज महानगरपालिका वडा नम्बर २० अपौनीस्थित रामजानकी मठको प्रांगणमा वृक्षारोपण गरिएको छ ।
नेपाली कांग्रेसको बुथ समितिले शनिबार आयोजना गरेको वृक्षारोपण कार्यक्रममा मठको प्रांगणमा विभिन्न प्रजाातिका विरुवाहरु रोपिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले रुखविरुवा मानव जीवनको आधार भएकाले हरेक व्याक्तिले आफनो घरआँगन ,टोल,विद्यालय,सार्वजनिक स्थलमा विरुवा रोप्नुपर्नेमा जोड दिए ।
काँग्रेसका संस्थापक एंव् पूर्वप्रधानमन्त्री स्व. बीपी कोइरालाको जिवनीको बारेमा चर्चा गर्दै आलमले आज स्व. बीपी कोइराला जिवित नरहेपनि उनले देखाएको सत्मार्गको बाटो सबै नेपालीका लागि प्रेरणाको विषय रहेको बताए । जहानीया राणा शासन, निरंकुश राजतन्त्र समाप्तिका लागि आफ्नो सारा जिवन खर्च गरेका बीपी कोइरालाले देश र जनताका लागि गरेको त्याग ले नै उनलाई महामानव भन्ने गरिएको उनले बताए ।
उपमेयर आलमले वीरगन्जमा अहिले उत्पन्न पानीको संकट समाधानका लागि आफुलेपनि सक्दो प्रयास र पहल गरिरहेको बताए ।
कांग्रेसका बुथ सभापति हरिचन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा कांग्रेसका कार्यवाहक क्षेत्रीय सभापति अनिल सिंह, हरेन्द्र यादव,विजय पटेल,श्रीकान्त दास,सुरेन्द्र प्रसाद यादव,अरुण पुरी ,मनोज चौरसिया, रजाक मियाँ लगायतकाको सहभागिता रहेको उपमेयर आलमका प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिए ।

