Madhes Khabar
समाचार

जनकपुरमा पाकिस्तानको झण्डा र सेना प्रमुखको पुत्ला जलाइयो

जनकपुरधाम,१६बैशाखःभारतको कश्मीरमा पर्ने पहलगाममा भएको आतंककारी हमलाविरुद्ध जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

नेपाल–भारत खुला सीमा संवाद समूह र शहिद संजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा गरिएको प्रदर्शनमा पाकिस्तान र आतंककारीविरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले पाकिस्तानी सेना प्रमुख नजरल असीम मुनिरको पुत्ला र पाकिस्तानी झण्डा समेत जलाएका छन् ।

उनीहरुले आतंकवाद मुर्दावाद, मानवताको रक्षा गर, हिन्दूको हत्या बन्द गर, आतंककारीलाई फासी दे, पाकिस्तान मुर्दावाद जस्ता नारा लगाएका थिए ।

पहलगाम हमलामा बुटबलका सुदिप न्यौपानेसहित २८ जना मारिएका थिए । आतंकीले हिन्दूको पहिचान गरी हत्या गरेकाले नेपालमा समेत आक्रोश बढेको छ ।साभारः नेपालप्रेस

Related posts

पर्सामा अटोरिक्साको ठक्करबाट एक सशस्त्र प्रहरी घाइते

MadhesKhabar

वीरगन्ज भन्सार क्षेत्रबाट हुण्डीको १० लाख रकमसहित भारतीय नागरिक पक्राउ

MadhesKhabar

पाेखराकाे विमान दुर्घटनामा मृत्युु भएका युपीका ४ जनालाई याेगी सरकारले भारु ५/५ लाख दिने

MadhesKhabar

Leave a Comment