Madhes Khabar
राजनीति समाचार

राष्ट्रपतिद्वारा नागरीकता विधेयक फिर्ताको विरुद्धमा बारामा लोसपाको प्रदर्शन


मधेसखबर
वीरगञ्ज , साउन ३० गते । बाराको प्रसौनी बजारमा राष्ट्रपतिद्वारा नागरीकता विधेयक फिर्ताको विरुद्धमा साँझ प्रदर्शन भएको छ ।

बाराको प्रसौनी बजारमा लोसपा नेपालका नेता तथा कार्यकर्ताले राष्ट्रपतिद्वारा नागरीकता विधेयक फिर्ताको विरुद्धमा प्र्रदर्शन तथा कोण सभा गरेका हुन् ।

लोसपा नेपालका प्रसौनी गाँउपालिका अध्यक्ष भोला गुप्ताको अध्यक्षतामा भएको कोण सभामा लोसपाका नेता प्रमोद साह , सुरेश गुप्ता , सत्यनारायाण साह लगायतले सम्बोधन गरेका थिए भने कोण सभा कार्यक्रमको संचालन लोसपाका युवा नेता रमेश सरार्फले गरे थिए ।

यस्तै राष्ट्रपतिद्वारा नागरीकता विधेयक फिर्ताको विरुद्धमा परवानीपुर बजारमा पनि प्रदर्शन गर्नुका साथै कोण सभा सम्पन्न भएको छ ।

लोसपा नेपाल परवानीपुर गाउँपालिकाका अध्यक्ष जगत नारायण महतोको अध्यक्षतामा भएको कार्यक्रममा लोसपाका नेता आत्माराम साह , मुकेश रौनियार , गम्भीरा पटेल , सन्त यादव लगायतले सम्बोधन गरेका थिए ।

Related posts

पर्सामा जनमत पार्टीकाे लहर बढ्दै ,एउटै वडामा सय भन्दा बढी युवाहरुले गरे पार्टी प्रवेश

MadhesKhabar

पर्सामा दलहरुले गणतन्त्र दिवस संयुक्त रुपमा मनाउने

MadhesKhabar

ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचनका लागि तात्यो नेविसंघ

MadhesKhabar

Leave a Comment