Madhes Khabar
राजनीति समाचार

राष्ट्रपतिद्वारा नागरीकता विधेयक फिर्ताको विरुद्धमा बारामा लोसपाको प्रदर्शन


मधेसखबर
वीरगञ्ज , साउन ३० गते । बाराको प्रसौनी बजारमा राष्ट्रपतिद्वारा नागरीकता विधेयक फिर्ताको विरुद्धमा साँझ प्रदर्शन भएको छ ।

बाराको प्रसौनी बजारमा लोसपा नेपालका नेता तथा कार्यकर्ताले राष्ट्रपतिद्वारा नागरीकता विधेयक फिर्ताको विरुद्धमा प्र्रदर्शन तथा कोण सभा गरेका हुन् ।

लोसपा नेपालका प्रसौनी गाँउपालिका अध्यक्ष भोला गुप्ताको अध्यक्षतामा भएको कोण सभामा लोसपाका नेता प्रमोद साह , सुरेश गुप्ता , सत्यनारायाण साह लगायतले सम्बोधन गरेका थिए भने कोण सभा कार्यक्रमको संचालन लोसपाका युवा नेता रमेश सरार्फले गरे थिए ।

यस्तै राष्ट्रपतिद्वारा नागरीकता विधेयक फिर्ताको विरुद्धमा परवानीपुर बजारमा पनि प्रदर्शन गर्नुका साथै कोण सभा सम्पन्न भएको छ ।

लोसपा नेपाल परवानीपुर गाउँपालिकाका अध्यक्ष जगत नारायण महतोको अध्यक्षतामा भएको कार्यक्रममा लोसपाका नेता आत्माराम साह , मुकेश रौनियार , गम्भीरा पटेल , सन्त यादव लगायतले सम्बोधन गरेका थिए ।

Related posts

बारामा तस्करीको आशंकामा प्रहरीद्वारा करिब दुई करोड मुल्यको सूर्ती बरामद

MadhesKhabar

निर्वाचनको दिन मतदाता ओसारपसार गर्ने सवारी साधनमा रोक

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

Leave a Comment