Madhes Khabar
समाचार

वीरगन्जमा भेडाहा खोलाले गर्ने क्षतिलाई रोक्न सरकारसंग पहल गर्छु : खानेपानी मन्त्री यादव

वीरगन्ज,२६असोजः संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्जको भेडाहा खोलामा आएको बाढीले क्षति पुर्याएको स्थानमा शनिबार स्थलगत निरीक्षण गरेका छन् । असोज ११ र १२ गते परेको अविरल वर्षासंगै भेडाहा खोलामा आएको बाढीले वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ का विभिन्न टोलमा खेत कटान गर्दै क्षति पुर्याएको थियाो ।

शनिबार दिउँसो पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यसमेत रहेका मन्त्री यादवले आफनो निर्वाचन क्षेत्रमा पर्ने वीरगन्ज–३१ मा पर्ने इश्लामपुर लगायतका स्थानमा पुगेर खोलाको बाढीले पुर्याएको क्षतिका बारेमा स्थलगत निरक्षिण गरेका हन् । त्यसक्रममा मन्त्री यादवले बाढीबाट पिडित स्थानीयसंग छलफलपनि गरे । छलफलमा स्थानीयले वर्षौदेखि भेडाहा खोलाले क्षति गर्दै आएकाले त्यसको दीर्घकालीन समाधानका लागि मन्त्री यादवसमक्ष आग्रहपनि गरे ।

जवाफमा मन्त्री यादवले आँफु सदैव जनताको दुखसुखमा साथ रहदै आएकोले भेडाहा खोलाको बाढीले हालै गरेको क्षतिबाट पिडितहरुलाई राहतको व्यवस्था र दीर्घकालीन समाधानको योजना बनाउन संघीय सरकारसंग पहल गर्ने प्रतिबद्धतापनि जनाए । मन्त्री यादवले आफनो निर्वाचन क्षेत्रपनि परेकाले भेडाहा खोलाबाट प्रभावित हुदैं आएका स्थानीयका समस्यालाई आँफुले निक्कै गम्भीरताका साथ लिएको बताए । स्थलगत निरक्षिणका क्रममा मन्त्री यादवसंगै पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारीकोपनि सहभागीता थियो ।

Related posts

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

पर्सामा समातिएका मोटरसाइकलको स्वामित्व हक दाबी गर्न प्रहरीको सूचना

MadhesKhabar

वीरगन्जबाट ४ करोडको मदीरा र कम्प्युटर पार्टससहितको ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment