Madhes Khabar
समाचार

पर्सामा समातिएका मोटरसाइकलको स्वामित्व हक दाबी गर्न प्रहरीको सूचना

वीरगन्ज,२५माघ:जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न समयमा सवारी चेकिङ र बेवारिसे रूपमा फेला पारेका मोटरसाइकलमा स्वामित्व हक दाबी गर्न सूचना जारी गरेको छ।

पर्सा प्रहरी कार्यालयको प्रबन्ध शाखाले प्रहरी कार्यालयमा सुरक्षित साथ राखिएको एक सय ७८ वटा मोटरसाइकलको स्वामित्व हक दाबी गर्न बिहीबार सूचना जारी गरेको हो।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार सूचना जारी भएको १५ दिनभित्र मोटरसाइकलधनीले आफ्नो कागजात लिएर प्रबन्ध शाखामा सम्पर्क गर्नुपर्नेछ।

लामो समयदेखि कार्यालयपरिसरमा राखिएका मोटरसाइकललाई सक्कल कागजात लिएर दाबी गर्न नआएको खण्डमा कानुनी प्रक्रियाअनुसार लिलामी प्रक्रियामा जाने प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयमा विभिन्न कम्पनीको मोटरसाइकल राखिएको भए पनि स्वामित्व हक दाबी गर्न अहिलेसम्म सवारीधनी नआएकाले सूचना जारी गरिएको उनले बताए।

Related posts

युवा र पाका दुवैलाई समय र आवश्यक्ताका आधारमा स्थान दिनुपर्ने : मन्त्रि यादव

MadhesKhabar

बारामा ट्यांकर र पिकअपले माेटरसाइकललाई ठक्कर दिदाँ २ जनाकाे मृत्युु

MadhesKhabar

जेन‍जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये प्रदर्शनकारी २२ जना 

MadhesKhabar

Leave a Comment