Madhes Khabar
समाचार

बर्दीमै आर्केस्ट्रामा नाच्ने प्रहरीलाई ईन्चार्जबाट हटाइयो


मधेसखबर
वीरगञ्ज,भाद्र ५ गते । रौतहटमा नेपाल प्रहरीको बर्दीमै अर्केष्ट्रामा नाच्ने प्रहरी नायव निरीक्षक (सई) धनुषा गणमा तानिएका छन् ।

रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ६ धरमपुरमा कृष्ण जन्माष्टमीको अवसरमा स्थानीयवासीले आयोजना गरेको एक कार्यक्रममा बर्दीमा रहेका प्रहरी नायव निरीक्षक (सई) शनिबार दिउँसो मञ्चमै पुगेर नाचेको भिडियो सामाजिक सञ्जालमा हाल भाइरल बनेको छ ।

प्रहरी आचरण विरुद्ध कार्य गरेको भन्दै जिल्ला प्रहरीले सईलाई आइतबार चौकीको ईन्चार्जबाट हटाएर अनुसन्धान थालेको हो ।

पदीय आचरण विपरीत सार्वजनिक स्थानमा अर्धनग्न नर्तकीहरुसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनले संगठनको आचरण र मर्यादा विपरीत कार्य गरेकाले ईन्चार्जको जिम्मेवारीबाट हटाई कारबाही प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

Related posts

वीरगन्जमा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ मोटरसाइकल चालक गम्भीर घाइते

MadhesKhabar

नागरिकहरूलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन मन्त्रालय प्रयत्नशील छ : मन्त्री यादव

MadhesKhabar

वीरगन्जको कार्यपालिका सदस्यको निर्वाचनमा जसपाका तीन जनप्रतिनिधी अनुपस्थित

MadhesKhabar

Leave a Comment