Madhes Khabar
समाचार

पर्साको मुरैयास्थित खेतमा चामलको बोराभित्र लुकाएर राखिएको १ सय केजी गाँजा बरामद

वीरगन्ज,३१ जेठःपर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ मरैया चोकस्थित खेतबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खेतमा बेवारिसे अवस्थामा रहेको १ सय केजी गाँजा बरामद गरेको हो ।

मरैया चोकस्थित खेतमा चामलको पाँच वटा बोराभित्र भरेर राखिएको अवस्थामा १ सय केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उक्त गाँजा कस्ले र कहाँबाट ल्याएको विषयमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

Related posts

भीषण हावाहुरीले चितवनमा ३ जनाको मृत्यु

MadhesKhabar

यातायात कार्यालयबाट फेरि ‘बिचौलिया’ पक्राउ

MadhesKhabar

राजनीतिक दल वा निर्वाचन प्रतिनिधिले सवारी साधनको प्रयोग गर्न निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने

MadhesKhabar

Leave a Comment