
रौतहट, ९ वैशाख :रौतहटको सदरमुकाम गौरस्थित यातायात व्यवस्था कार्यालबाट एक जना ‘बिचौलिया’ पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौर नगरपालिका –५ दोस्तिया टोल घर भएका ४० बर्षीय लक्ष्मीकुमार केशरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । केशरीलाई गौर नगरपालिक – ३ स्थित यातायात व्यवस्था कार्यालयबाटै पक्राउ गरिएको हो ।
उनले सेवाग्राहीलाई विभिन्न कामहरु छिटो गरिदिने भनि अनावश्यक झन्झट दिने, हैरानी गर्ने सेवाग्राहीका कागजात बोकी विभिन्न फाँटहरुमा जाने र कार्यालयको कम्पाउण्ड भित्र सेवाग्राहीहरुलाई सवारी चालक अनुमति पत्र बनाई दिन्छु भनि विभिन्न किसिमको प्रलोभन देखाउने गरेको पाइएकाले पक्राउ गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिष्णुप्रदिप बस्यालले जानकारी दिए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

