वीरगन्ज,१९पुस :खानेपानीमन्त्री प्रदीप यादवले गृहजिल्ला पर्सामा विद्यमान खानेपानीको समस्या पूर्ण रुपमा समधान गरिने बताएका छन् ।पर्साको वीरगन्ज महानगरपालिकामा पर्ने जनता सडक अन्तर्गत पर्ने रामराजापुलदेखि प्रसौनी विर्ता,इनर्वा मनियारी हुदैं जगरनाथपुरसम्म नयाँ खानेपानी पाईपलाईन विस्तार परियोजना शिलान्यास गर्दै मन्त्री यादवले उक्त कुरा बताएका हुन् ।
उनले भने,“एक घर एक धाराको अवधारणा सरकारको छ ।त्यहिअनुसार खानेपानी मन्त्रालयले विभिन्न खानेपानी आयोजनाको क्षेत्रमा काम गरिरहेको छ । हामीले वीरगन्जको इनर्वा मनियारी लगायतका क्षेत्रमा नयाँ खानेपानी पाईपलाईन विस्तार परियोजना आज सुरुवात गरेका छौँ ।पर्सा जिल्लाका नागरिकले भोगिरहेको खानेपानीको समस्या समाधान गरेरै छोड्छौँ ।”
उनले वीरगन्ज महानगरपालिकामा थपिएका नयॉं वडाहरुमा शुद्ध खानेपानी पु¥याउनु आफ्नो प्रमुख दायित्व भएकोपनि बताए ।मन्त्री यादवले महानगरमा थपिएका वडाहरुमा शुद्ध खानेपानी पु¥याउनु आफ्नो प्रमुख दायित्व रहेको बताए ।उनले भने , “आम नेपाली नागरिकलाई शुद्ध खानेपानी दिनु मेरो प्रमुख दायित्व हो । म आम नागरिकलाई शुद्ध पानी वितरणका लागि सधै कटिबद्ध छु ।”
आम नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि स्पष्ट निर्देशन रहेकाले आफुले पनि मन्त्रालय सम्हालेदेखि हालसम्म नागरिकका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्नतर्फ अग्रसर रहेको जिकिर उनले गरे ।
पछिल्लो समय चुरे दोहन तथा जलवायु परिर्वतनका कारण पानीका मुहानहरु सुक्दै जान थालेकाले तराइँ लगायतका क्षेत्रमा भुमिगत पानी सुक्न थालेको एवं चापाकलमा समेत पानी आउन बन्द हुँदा नागरिकलाई पानीको समस्या झन थपिँदै गएको उनको भनाई थियो ।
भुमिगत पानी संरक्षण गर्नका लागि चुरे दोहन गर्ने कार्य यथाशक्य रोक्नु पर्ने बताउँदै मन्त्री यादवले भने, “चुरे दोहनले तराइँमा भुमिगत पानी सुक्न थालेका छन् । विकासका नाममा चुरे दोहन गर्नेलाई कडा कारबाही गर्न आवश्यक छ ।”
मन्त्री यादले वीरगन्ज महानगरपालिकामा पर्ने जनता सडक अन्तर्गत रामराजापुलदेखि प्रसौनी विर्ता हुँदै इनर्वा मनियारी र जगरनाथपुर सडक (पाँच किमी) सम्मको नयाँ खानेपानी पाईपलाईन विस्तार परियोजना सम्पन्न भएपश्चात यहाँका नागरिकलाई खानेपानीको क्षेत्रमा निकै राहत पुग्ने बिश्वास व्यक्त गरे ।
उनले भने, “अबको ६ महिनामा काम सक्ने गरी आज उक्त परियोजनाको शिलान्यास गरेका छौँ । परियोजना सम्पन्न भएपछि नागरिकलाई खानेपानीका लागि ठूलो राहत मिल्ने छ ।”
साविकको वीरगन्ज उपमहानगरपालिका हुँदा यहाँ १९ वटा वडाहरु रहेका थिए भने पछि केही गाउँका १३ वडा थपेर अहिले ३२ वटा वडाहरु पु¥याइएको वीरगन्ज महानगरका वडाहरुमा अहिले नेपाल खानेपानी संस्थानले खानेपानीमन्त्री यादवको निर्देशनमा नयाँ पाईप लाईन विस्तारको काम गरी रहेको नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाका प्रमुख प्रविन साहले जानकारी दिए ।
उनका अनुसार करिब २ दुई करोड ४० लाख रुपैयाको लागतमा उक्त परियोजना निर्माण गरिन लागिएको र उक्त नयाँ खानेपानी पाईपलाईन विस्तार परियोजनामा ६ ईन्चको जिआइ पाइप राखिने भएको छ ।

