Madhes Khabar
समाचार

दुर्गा प्रसाईँले आँफै भारतीय प्रहरीसामु आत्मसमर्पण गरेको सचिवालयको भनाइ

फाइल तस्बिर ।

काठमाडौं,२८चैत:राजा ल्याउने आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँले भारतकाे आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले जनाएको छ ।

दुर्गा प्रसाईंकाे सचिवालयले फेसबुक पेजमा केहीबेरअघि स्टाटस मार्फत उक्त जानकारी गराएको हो ।

राति ९:१३ मा हालिएको फेसबुक स्टाटसमा लेखिएको छ, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षा को लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ, हिजोमात्र हामी ले भिडिओ मार्फत हाम्रो ज्यानको सुरक्षा को ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं,भनेका थियौं र आज उपस्थित भयौं !’

Related posts

अमलेखगञ्जमा डियुटीमा रहेका ट्राफिक प्रहरी जवानको बसकाे ठक्करबाट मृत्यु

MadhesKhabar

वीरगन्जमा करेन्ट लागेर दुई मजदुरको मृत्यु

MadhesKhabar

मधेसमा खानेपानीको संकट रोक्न चुरेको दोहन रोक्नुपर्छ : खानेपानीमन्त्री यादव

MadhesKhabar

Leave a Comment