Madhes Khabar
समाचार

समाजवादी प्रेस संगठन पर्साको जिल्ला सम्मेलन माघ १२ गते

वीरगन्ज,६माघ: नेकपा एकिकृत समाजवादी निकटका पत्रकारहरुकाे संगठन समाजवादी प्रेस संगठन नेपाल पर्साको जिल्ला सम्मेलन माघ १२ गते हुने भऐकाे छ ।शनिबार बसेकाे संगठनकाे जिल्ला कार्यसमितिकाे बैठकले माघ १२ गते गर्ने निर्णय गरेकाे हाे।

संगठन पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा बसेको बैठकले जिल्ला सम्मेलन तयारीको लागि संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनको संयाेजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक समिति गठनपनि गरेको छ । सम्मेलन आयोजक समितिमा प्रकृति अधिकारी, विनोद पटेल, हरिशंकर शर्मा, संताेष साह, श्याम सर्राफ, श्याम पासवान, राजु साह, सरोज पटेल, श्रवण साह लगायतका छ्न् ।

यसका साथै जिल्ला सम्मेलन अघावै संगठन पर्साका सदस्यहरुको सदस्यता नविकरण र नयाँ सदस्यता वितरण ३ दिन भित्र गर्ने र त्यसको सम्पुर्ण जिम्मेवारी सम्मेलन आयोजक समितिका संयाेजक सुमनलाई दिने निर्णय बैठकले गरेकाे छ ।

शनिबारको बैठकमा नेकपा एकीकृत समाजवादीका पर्सा अध्यक्ष बालगोपाल थापा, वीरगन्ज महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव वृजलाल पासवान, सल्लाहकार संजय साह लगायतकोपनि उपस्थिति रहेको थियो ।

Related posts

वीरगंजमा नमुना मतदान सम्पन्न

MadhesKhabar

पर्साको सबैठवाबाट चरेसहित पासवान पक्राउ

MadhesKhabar

महोत्तरीको जलेश्वर कारागारमा एक कैदीको मृत्यु

MadhesKhabar

Leave a Comment